एनआरएन डेनमार्कको युवा समितिले पायो पुर्णता

कोपनहेगन, २६ जनवरी ।

गैर आवाशिय नेपाली संघ एनआरएनए डेनमार्क अन्तरगतको युवा समितिले पुर्णता पाएको छ । हालै कोपनहेगनमा भएको युवाहरुको भेलामा युवा संयोजक शशी श्रेष्ठले बिभिन्न उपबिभाग र सदस्य चयन गर्दै समितिलाइ पुर्णता दिएको बताए ।
खेलकुद बिभाग संयोजकमा एनआरएनए डेनमार्कका कार्यसमिति सदस्य प्रकाश श्रेष्ठ भएका छन् । दोश्रो पुस्ता बिभागको संयोजकमा दर्पण गौतम छन् भने सदस्यहरुमा पुनम साउद, लभ महर्जन, मनिषा श्रेष्ठ र अनुजा गौतम चयन भएका छन् ।

युवा संयोजक श्रेष्ठले सल्लाहकारमा पुर्व संयोजकहरु नबिनराज पौडेल, लोकराज शर्मा, प्रसान्त बानिया र सोबित जि.सी चयन गरिएको बताए । अन्य सल्लाहकारमा दिपक तिवारी, हरि न्यौपाने, शैलेश मल्ल र आषिका निरौला छन् ।
युथ फोरुममा प्रकाश श्रेष्ठ, लक्ष्मण कंडेल, हिरालाल रिजाल, कृष्णप्रसाद खनाल, रामप्रसाद पाण्डे, रबि लामिछाने, राजन रिजाल, पंकज चन्द, जिवन थापामगर, रोसन सुवेदी, रचना बोलन, सोम गुरुङ, तिलक भट्ट, इसानमान सिंह अधिकारी, नरेन्द्र पौडेल, दिनेश शर्मा, कृष्ण चन्द र अनोज अधिकारी रहेका छन् ।
डेनमार्कमा नयाँ आउने सबै नेपालीलाइ स्वागत कार्यक्रम फेब्रुअरी महिनामा साइन्टिफिक एकाडेमिक प्यानेलको सहकार्यमा गरिने बताउदै उपस्थित हुन श्रेष्ठले अनुरोध गरेका छन् ।