निरुषा खत्री बनिन मिस नेपाल युरोप २०२० बिजेता

युरोपमा पहिलो पटक भएको मिस नेपाल युरोपको बिजेता फिनल्यान्डकी निरुषा खत्री भएकी छिन् । बेल्जियमको लुभेन सहरमा ड्रिम्स नेपाल बेल्जियमले आयोजना गरेको प्रतियोगितामा निर्णायक मन्डलका तर्फबाट हिडन ट्रेजर न्यासनल डाइरेक्टर प्रमोदरत्न कंसाकरले सोधेको प्रश्नको सर्बोत्क्रिष्ट उत्तर दिएर उनी मिस नेपाल युरोप घोषित भएकी हुन । मिस नेपाल अनुष्का श्रेष्ठले उनलाई मिस नेपाल युरोपको ताजले शोभित गराइन । उनलाई नगद पुरुस्कार र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

त्यसै गरी मिस ट्यालेन्टको उपाधी समा पराजुली जर्मनी भइन भने मिस प्रसनालिटी संगिता थापा जितिन । मिस फोटोजनिक मेला नेपालीले जितिन साथै मिस सोसियलको उपाधी श्रद्धासिंह थापाले लिइन । मिस नेपाल युरोपको सेकेन्ड रनर् अपको उपाधी ज्योति भट्ट्ले प्राप्त गरिन भने फर्स्टरनर अप संगिता थापा भइन ।

ड्रिम्स नेपालकी संस्थापक तथा एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक योगिता थापाले पहिलो पटक आयोजना गरिएको मिस युरोप नेपाल भव्य रुपमा सम्पन्न हुदा आफू अत्यन्त उत्साहित भएको बताईन। ड्रिम्स नेपालकी संस्थापक थापा र हिडेन टे«जररका अध्यक्ष दिवाकर राजकर्णिकारबीच भएको सम्झौता अनुसार मिस युरोप नेपालकी उपाधी बिजेता खत्री नेपालमा आयोजना हुने मिस नेपालको फाईनल राउण्डमा सोझै प्रबेश पाउनेछिन ।

समारोहमा गायिका नलिना चित्रकार, अफिसियल ड्रेस डिजाईनरमा युवी थापा सहभागी थिए । बिभिन्न देशबाट नेपाली मुलका युबतीहरुले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।