श्रेष्ठले उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नबौ विश्व सम्मेलनमा बेल्जियमका अर्जुन कुमार श्रेष्ठले उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने भएका छन्।

बिश्व संजालमा फैलिएको एनआरएनएलाई सस्थागत बिकास र सस्थाको मर्म र भावना अनुरुप ब्याक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपाल प्रति समिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने बताए। उनले नेपाल समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रबर्द्धनमा जोड दिदै नेपाल सरकार सग समन्वय गर्दै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्या लाई समाधान गर्न तत्पर रहेको बताए ।

प्रत्येक मुलुक बाहिर रहेका नेपालीहरुले एनआरएनए मेरो हो भन्ने बनाउन आवश्यक छ । सबै लाई समेटन अझै हामीले पहल गर्न बाकी नै रहेको हुदा यो अभियान लाई सार्थकता दिन सामुहिक नेतृत्व सहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै सबैको साथ र सहयोग अपिल रहेका छन् । यही आउदो अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौ हुने महाधिवेशनले नयाँ नेतृत्व समेत गर्ने।

गैर-आवासिय नेपाली संघमा सन् २००९ देखि विभिन्न पदमा रही अभियानमा लागेका श्रेष्ठले दुई कार्यकाल अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यमा रही काम गरे भने २७ बटा राष्ट्रिय समन्वय परिषद रहेको युरोप क्षेत्रको संयोजक बनेर जिम्मेबारी निर्बाह गरे।

को हुन् अर्जुन कुमार श्रेष्ठ ?

बेल्जियममा  डेढ दशक लामो समय गुजारीसकेका श्रेष्ठ एक सफल  ब्यबसायी रुपमा बिभिन्न ब्यबसायहरु संचालन गर्दै आएका छन्।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका श्रेष्ठले दुई कार्यकाल आइसीसी सदस्य साथै युरोप संयोजकको नेतृत्व सगै आइसीसी सचिब पदमा रहेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन् ।

यस्तै श्रेष्ठ आबद्द बिपीए ग्रुपले यस अघि अन्त्वेर्पेंन नजिकै सेन्ट-निक्लासमा न्यु फ्ल्नांदर होटल संचालन गरिरहेका छन्। न्यु फ्ल्नांदरन बेल्जियममा नेपालीहरुको लगानीमा संचालन गरेको पहिलो तिन तारे होटल मानिन्छ।

अर्जुन कुमार श्रेष्ठ आठौँ महाधिवेशनमा महासचिव पदमा उमेदवार समेत रहेका थिए । सरल र मिझासिलो स्वभावका श्रेष्ठ एनआरएनएको संस्थागत विकासमा परिपक्वता भएका अभियान्ता रूपमा हेरिन्छन। उनी नेपालमा रहदा समेत विभिन्न समाजिक सस्थाहरुमा रहेर महत्त्वपूर्ण भुमिका निभाएका थिए ।

देशमा विनाशकारी भूकम्प जाँदा गैरआबासीय नेपाली संघको अभियानमा लागि प्रभावित क्षेत्रमा पुगेका श्रेष्ठले युरोपमा राहत संकलन गर्नको लागि पनि महत्वपूर्ण भूमिका खेलेका थिएँ।