एनआरएनए यूके कार्यसमिति सदस्य बिमला लिम्बुद्धारा सहकोषाध्यक्षमा पदमा दाबी

जुन १४, लण्डन ।

गैर-आवासीय नेपाली संघ बेलायतकी कार्यसमिति सदस्य बिमला लिम्बु आगामी कार्यकालका लागि सहकोषाध्यक्ष पदमा उम्मेद्धारी दिने भएकी छन् । उनी गत निर्वाचनमा अध्यधिक मतले बिजयी हुने सदस्यहरुमध्येकी एक हुन ।

पेशाले एसिस्टेण्ट रेस्टुरेण्ट म्यानेजरको रुपमा कार्यरत लिम्बु हाल पाँचथर थर्पू समाज यूकेकी कोषाध्यक्ष हुन् । समाजद्धारा पाँचथरमा हालै निर्मित १८ लाख रुपैयाँ लागतको थर्पू क्याम्पस पुस्तकालय भवन सम्पन्न गर्नमा उनको उल्लेखनीय भूमिका रह्यो ।

थर्पू माध्यमिक बिद्यालयकी पूर्व शिक्षिका बिमला लिम्बुले त्रिभूवन विश्वबिद्यालयबाट मनोबिज्ञानमा स्नातक गरेकी छिन् भने हाल ओपन युनिभर्सिटीबाट मास्टर्स गरिरहेकी छिन् ।

“गएको दुई बर्षमा एनआरएनए यूकेको कार्यसमितिमा रहेर मैले धेरै सिक्ने अवसर पाएँ र समितिले गरेका हरेक कृयाकलापहरुमा मेरो सहभागिता रह्यो । मेरो यसै ज्ञान र अनुभवहरुलाई धरातल बनाएर मैले संघको सहकोषाध्यक्षमा पदमा रही सेवा गर्ने निर्णय लिएकी हुँ”- उनले बताइन् ।

फुर्सदमा पत्रकारिता गर्न रुचाउने लिम्बुले फोनिज यूकेको सहकोषाध्यक्ष भएर डेढ बर्ष जति सेवा गरिन् । हाल उनी लोकपाटी अनलाइनको युरोप कोअर्डिनेटर हुन्।