पोर्चुगलबाट नवलपुरका बिरामीहरूलाई आर्थिक सहयोग

पोर्चुगल /

नवलपुर जिल्ला गैडाकोट नगरपालिका -५ निवासी बर्ष १८ का मृगौला पिडीत बिकास खत्री र कावासोती नगरपालिका-२ निवासी बर्ष ११ का निरज गौडेललाई पोर्चुगलमा बसोबास गर्ने मनका धनीहरूले नवलपुर समाजको सक्रियतामा आर्थिक सहयोग गरेका छन

गैडाकोट -५ निवासी बिकास खत्रीको दुबै मृगौलाले काम गर्न छोडेपछि बिगत ६ महिनादेखि भरतपुर अस्पतालमा डाईलासिस गराउदै आएका निजको आर्थिक अवस्था कमज़ोर भएको र कावासोती -२ का बाबु निरजको रगतमा सेतो रक्तकोषका कमी भई बिगत केहि समयदेखी भारतको नइदिल्ली स्थित अस्पतालमा उपचारार्थ छन ।  यी दुबैको थप उपचारमा धेरै पैसा लाग्ने हुदा सम्बन्धित निकायका वडाप्रमुखले लिखित रूपमा सहयोग गर्न आब्हान गरेपछि नवलपुर समाजका सल्लाहकार एंव एनआरएनए पोर्चुगल आल्गार्भ क्षेत्रका उपाध्यक्ष श्री देबेन्द्र पुन, समाजका सक्रिय सदस्य श्री शिव मिलन आचार्यको परिवार र समाजको सक्रियतामा सक्दो सहयोग संकलन गरि नेपाल पठाएको कुरा सस्थाका अध्यक्ष श्री जयभद्र सापकोटाले बताउनु भएको छ

गैडाकोटका बिकास खत्रीलाई  १,२७,२२२ रूपैया र कावासोतीका निरज गौडेलको लागि  ८८,६१४ रूपैया सहयोग गरेको छ।

नवलपुर समाज पोर्चुगलले स्थापनाको एकबर्ष भित्र नवलपुरमा ३/४ जना यस्तै बिरामी र एउटा बिध्यालयको लागि सकेको सहयोग गरिसकेको छ पोर्चुगलमा रहेका सम्पुर्ण संघसस्थाहरू र त्यसमा आबद्व हरेक कर्मठशील माहानुभावहरूको सहयोगी मनप्रति नवलपुर समाज पोर्चुगलले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ