गणतन्त्र दिवस तथा सगरमाथा दिवस सम्पन्न

कोपनहेगन ।

डेनमार्कको राजधानी कोपनहेगन सहरमा नेपाली पर्यटन प्रवद्र्धन एक कार्यक्रमको आयोजना गरिएको छ।
डेनमार्कस्थित विविध नेपाली संघ-संस्था तथा नेपाल पर्यटन वोर्डको सहकार्यमा नेपाली नाच-गान, झाँकी, पञ्चेबाजा तथा लाखेनाँच,भेषभुषा प्रदर्शन लगायतका नेपाल चिनाउने कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रम नेपाली दूतावास डेनमार्कले गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर आयोजना गरेको हो।

कार्यक्रममा डेनमार्क स्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र डेनमार्कमा बसोवास गर्ने नेपाली जनसमुदायको बाक्लो उपस्थिति थियो।