सामुहिक छलफलमा ऊपस्थितीको लागि आव्हान

कोपन्हेगन/

नेपाली समुदायमा आपसी सद्भाव वृद्दी गर्दै पहिलो पुस्ता (अभिभावक) र दोस्रो पुस्ता (सन्तानहरु) विचको वढ्दै गएको सामाजिक, सांस्कृतिक दुरी कम गराऊने प्रमुख उदेश्यका साथ प्रत्यक वर्ष वर्खे विदाको समय पारेर आयोजना गरिने “नेपालिज् फेमिली फेस्टिभल” को २०१९ शंस्करणको आयोजना तयारीको लागि राखिएको सामुहिक छलफलमा ऊपस्थितीको लागि हार्दिक आव्हान गरिन्छ ।

पृथक प्रकृती र प्रस्तुतीको अलावा सवै डेनमार्कवासी नेपालीले अपनत्व सहितको गौरव गर्न लाएकको वार्षिक कार्यक्रम वनाऊन हामीले कस्तो गर्नु पर्ला भन्ने वारेमा सवै जनाको राय संकलन गरि रहेका छौं । यो कार्यक्रमलाई अगाडी वढाऊन के गर्न सकिन्छ कसरी वढ्न आवश्यक छ? सवैको धारणा वुझ्न एऊटा छलफलको आयोजना गरिएको छ । डेनमार्कका रहेका विभिन्न संघ संस्थाहरु, सामाजिक अभियन्ताहरु समुहहरुको छलफलवाट विचवाट एऊटा ठोस रुपरेखा तयार गर्ने ऊदेश्यका साथ यो भेला गर्न लागिएको हो ।

गत साल यो कार्यक्रम साझा विवेकशील सद्भाव समुह, डेनमार्कको सवन्यवमा भएको भएता पनि तर नेपाली समुदायका लागि विशेष महत्व वोकेका यस्ता प्रकृतीका कार्यक्रमहरुको संयोजन तथा व्यवस्थापनको दायरा सिमीत समुहमा रहनु हुन्न भन्ने धेरै जनाको राय सुझाव पनि प्राप्त भएको भएकोले अव कसरी वढ्ने भन्ने वारेमा ठोस नीर्णय लिनको लागि सवै सरोकारवालाहरुलाई छलफल गर्नको लागि निम्न मिती स्थान र समयमा यहाँहरुको ऊपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ ।

मिति, स्थान र समय
मिति: २०१९, मे २५, शनिवार
स्थान: नेपाले डाँडा, नेपालीवाजा अभ्यास स्थल.
समय: दिनको १५:०० वजे ।