कोपन्हेगनमा नेपाली कला,संस्कृति तथा साङ्गितिक कार्यक्रम हुने

२ जेठ, कोपन्हेगन ।

डेनमार्कको राजधानी कोपन्हेगनमा गणतन्त्र दिवस र सगरमाथा दिवसको अबसरमा २९ तारिखका दिन एक बिशेष कार्यक्रम हुने भएको छ ।
नेपालको पर्यटन प्रबर्धनको मुख्य उद्देस्य राखेर कोपन्हेगनको व्यस्त पैदल मार्ग वाल्किंग स्ट्रीटमा खुला रुपमा  नेपाली राजदुताबास डेनमार्कको अगुवाइमा दोश्रो पटक हुन लागेको हो ।

डेनमार्कस्थित विविध नेपाली संघ-संस्थाको सहकार्यमा नेपाली नाच-गान, झाँकी, भेषभुषा प्रदर्शन लगायतका सास्कृतिक साङ्गितिक कार्यक्रम कोपनहेगनको मुख्य बजारमा आयोजना गरिने डेनमार्कका लागि नेपाली राजदुत युवनाथ लम्सालले बताए। कार्यक्रममा डेनिस सरकारका प्रतिनिधी तथा कोपनहेगनमा रहेका करिव १ दर्जन राजदुताबासका प्रमुख तथा प्रतिनीधिको पनि उपस्थिती रहने बताइएको छ ।

अघिल्लो बर्षको जस्तै नेपाली पहिचान झल्कने भेषभुषा लगाएर र आफूले चिने जानेका स्वदेशी र विदेशी साथीहरुलाई भाग लिनको लागि राजदुताबासले आमन्त्रण गरेको छ। सांस्कृतिक कार्यक्रमकाे ब्यबस्थापकीय सहयाेग इनास, डेनमार्कले गरेकाे छ ।

नेपाली बाजा तथा सस्कृति झल्कने गित, नृत्य र संस्कृतिका बिबिध झाँकीहरुलाई कोपन्हेगनको सडकमा खुला प्रदर्शन गराउँदा नेपालबारे प्रचार प्रसार हुने र नेपालमा धेरै भन्दा धेरै पर्यटक घुम्न जाउन भन्ने आयोजकको विश्वास छ ।

 

कार्यक्रम बिस्तृतमा :-

मिति – २९ मे २०१९

समय – ४:३० बजेबाट साझ ७ बजेसम्म

स्थान – वाल्किंग स्ट्रीट, कोपन्हेगन (Højbro Plads, 1200, København)

LET US PARTICIPATE, ENJOY AND PROMOTE CULTURE AND TOURISM!