जुनको सुरुवातमा डेनमार्क नेपाली भलिबलमय हुने

 

कोपनहेगन, डेनमार्क ।

विगत ४ वर्षदेखी कोपनहेगनमा हुदै आएको भलिबल प्रतियोगिताको ५ औ सस्करण जुन १ र २ तारीखमा हुने भएको खबर आएको छ । डेनमार्कमा बसोबास गर्ने नेपालीभाषी बिचको प्रतियोगिता आउदो जुनमा हुने भएको हो ।

प्रवासी नेपाली एकता मन्च डेनमार्कले यो प्रतियोगिता गर्न लागेको हो । तत्कालिन नेकपा एमाले निकट ओएनएफ र तत्कालिन माओबादी केन्द्र नजिकको एनपिपिएफ बिच एकता भएपछी प्रवासी नेपाली एकता मन्च भएको हो ।

अघिल्लो बर्ष दुबै सस्था मिलेर सयुक्त रुपमा ‘बिष्णु पौडेल स्मृती कप भलिबल प्रतियोगिता’ गरेका थिए भने त्यो भन्दा अघि लगातार ३ बर्ष ओएनएफले गरेको थियो ।

केही दिनअघि बसेको बैठकले प्रतियोगिता सफल पार्न र तयारी गर्न ब्यवस्थापन समिती र सल्लाहकार समिती निेर्माण गरेको छ ।

जयलाल न्यौपाने सयोजक र महेन्द्र खड्का सहसयोजक रहेको समितिका सदस्यहरु कृष्ण धानुक, महेशकुमार खाती, प्रकाश श्रेष्ठ, समिर तामाङ, सुर्य सापकोटा र हरि के.सी सदस्य छन् ।
सयोजक न्यौपानेले यसपालिको प्रतियोगितालालाई बिगतमा जस्तै भब्य रुपमा सफल पार्न डेनमार्कबासी सबै नेपालीलाई अनुरोध गरेका छन् ।

समितिको सल्लाहकारमा उदयराज गौतम, कृष्ण पौडेल, शिव चापागाई, डा.भानु पोख्रेल, घनश्याम गौतम, गणेश ढकाल, सुशील घिमिरे, शिव कार्की, दिपक सापकोटा, राजमान तामाङ, नरेन्द्र बस्नेत र लक्ष्मीप्रसाद जम्मरकट्टेल रहेका छ्न् । आमन्त्रित अतिथी सल्लाहकारहरुमा यमलाल सुवेदी, हेम अर्याल, डा.खेम अधिकारी र जितेन्द्र कार्कीलाई चयन गरिएको छ ।

प्रतियोगितामा बिजयी खेलाडीलाई नगद, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् ।