कोपेन्हागेनमा तमु ल्होसार कार्यक्रम भब्यताका साथ सम्पन्न

 कोपेन्हागेन/  गुरुङ समाज डेनमार्कले हरेक बर्ष झै यस् बर्ष पनि कोपनहेगनमा तमु ल्होसार पर्व एक बिशेष कार्यक्रमको आयोजना गर्दै मनाएको छ। गुरुङ समाज डेनमार्कले यस् बर्ष खि-ल्हो (कुकुर् बर्ग) लाई बिदाइ र फो -ल्हो ( म्रग बर्ग ) लाई स्वागत गर्दै बाक्लो दर्शक हरुको उपस्थितिमा शनिबार ल्होसार बिशेष कार्यक्रम डेन्मार्कको कोपेन्हगेन शहरमा भ्यब्यताका साथ् आयोजना गरेको हो।

डेन्मार्कको लागि नेपाली दुतावासका तृतीय सचीव केशव पन्थी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डेनमार्क स्थित संघ सस्था (समाज ) का प्रतिनिधिहरु लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा ल्होसार कार्यक्रमका संयोजक लाल बहादुर गुरुङले सबैलाई स्वागत गरेका थिए भने सदस्य राज कुमार गुरुङले ल्होसार पर्वको बिशेषता र महत्व को बारेमा बताएका थिए।

समाजका अध्यक्ष निराजन गुरुङले ल्होसारको उपलक्ष्यमा शुभ-कामना ब्यक्त गर्दै सहभागी सबैलाई धन्यबाद ब्यक्त गरेका थिए। समाजले बिगतका वर्षहरु देखि नै बिबिध सान्स्कृतिक कार्यक्रमहरुका साथ ल्होसार पर्व मनाउँदै आएको छ। यस् पटक को ल्होसार कार्यक्रममा आफ्नो संस्क्रिती झल्किने सालै जो जस्ता लोक भाका गीत हरुमा र तमु गीत संगीतमा पनि कलाकारहरुले नृत्य प्रस्तुत गरे भने बिभिन्न बिधाका गायन प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए ।  निकै मेहनत गरेर प्रश्तुत गरिएको सांस्कृतिक कार्यक्रममा गायन तर्फ संयोजक को रुपमा हरी गुरुङ र नृत्य तर्फ सुनिता गुरुङ ले संयोजक को भूमिका निभाएका थिए।

कार्यक्रममा प्रमुख अतिथी केशव पन्थी ,बिशेष अतिथी एन आर एन डेनमार्कक अध्यक्ष यमलाल सुबेदी , तामाङ् समाज डेन्मार्कका सचिब समिर तामाङ् ,किरात समाज डेन्मार्कका अध्यक्ष अमृत सुब्बा र एन आर एन डेन्मार्कका सचिब राजामान तामाङ्ले शुभकामा दिएका थिए भने नेवा गुठीका संस्थापक तथा संयोजक शशी श्रेष्ठले समाजको आवश्यक्ता र मह्त्वको बारेमा बताएका थिए ।

ल्होसार कार्यक्रमलाई औपचारिक र अनौपचारिक गरी दुइ भागमा संचालन गरेको थियो । औपचारिक कार्यक्रमको संचालन समाजका महासचिब सोम गुरुङ ले गरेका थिए भने अनौपचारिक् कार्यक्रमको संचालन समाजका सचीव बिमल गुरुङले गरेका थिए ।

कार्यक्रममा बिङ्गो खेल पनि खेलाइएको थियो जुन कार्यक्रममा प्रमुख आकर्षण बनेको थियो उपस्थित भएका सबै महानुभावहरुको सहभगिता रहेको बिङ्गो खेलमा आकर्शक नगद पुरस्कारका साथै उपहार कुपन पनि दिएका थिए / यसैगरी सोहि कार्यक्रममा यसै बर्ष फो-ल्हो लागेका गुरुङ परिवार सदस्यहरुलाई गुरुङ समुदायको परम्परा अनुसार जेष्ठ परिवार सद्स्य बाट आशिर्बाद लीई स्याईस्याई समेत गरिएको थियो भने समाजलाई दिएको योगदानको आधारमा २ उटा सद्स्य छान्ने कार्यक्रम अन्तर्गत सान्स्कृतिक क्षेत्रतर्फ अोमी गुरुङ र खेलकुद क्षेत्रतर्फ बिमल गुरुङलाई सम्मान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published.