हरेक कार्यक्रममा टुप्लुक्क पुग्नेको अत्यधिक ईज्जत,मान,प्रतिष्ठा किन हुन्छ ?

विजय थापा

अमेरिकामा नेपाली संघ/संस्थाहरु अनगिन्ती भएकोले उनीहरुका कार्यक्रममा सहभागिता जनाउने मानिसको कमि हुदै आएको प्रष्ट देखिन थालेको छ । प्रष्ट भन्नु पर्दा समुदायका कार्यक्रममा जाने मानिसको खडेरी लाग्न थालेको छ ।

अमेरिकामा अचेल संघ/संस्थाहरु छ्याप छ्याप्ती भएकाले मानिस झर्को मान्न थालेका छन् । यस्ता संघ/संस्थाले आयोजना गर्ने कार्यक्रममा मानिसलाई कहाँ कहाँ जानु भन्ने चिन्ताले सताउन थालेको छ ? कति जानु भन्ने हुन् थालेको छ । कहिले सम्म जानु ? किन जानु ? गएर के गर्नु ? गएर के फाइदा जस्ता कुराहरु उब्जिन थालेका छन् ।

अमेरिकाका संघ/संस्थामा सहभागी हुने तिन प्रकारका मानिस भेटिन्छन । पहिलो बोलाए पछि मात्र जाने अर्थात् ठुलो पल्टने ,दोश्रो कहिलेकाही आफू अन्य संघ/संस्थाको पदीय जिम्मेबारमा रहेकोले सहभागिता जनाउने र तेश्रो मनमा कुनै पनि पाप नभएको सामाजिक कार्यक्रममा आफै सहभागिता हुन् रमाउने। पहिलो र दोश्रोको भर नहुने र विश्वास गरि हाल्न नसकिने तर तेश्रो सबैको लागि सांझा ।अर्थात् सबैको सांझा समुदाय सदस्य रहेको मानिस ढुंगा खोज्दा देवता मिल्यो जस्तो हुन् थालेको छ ।

यस्तो तेश्रो प्रकारको समुदाय सदस्यहरु हरेक कार्यक्रममा टुप्लुक्क पुग्ने गर्छन । यसरी टुप्लुक्क मानिसको बढो ईज्जत,मान,प्रतिष्ठा हुन् थालेको छ । अमेरिकामा विभिन्न संघ/संस्थामा आबद्ध भएकाको भन्दा समुदायको गतिबिधिमा पुगी हाल्ने मानिसको लोकप्रियता ज्यादा हुन्छ । बरु अन्य संघ/संस्थाका नेतृत्व या समितिमा रहेका भन्दा यस्ता हरेक संस्थाको कार्यक्रममा पुग्ने मानिसको निकै बयान चल्दछ ।

यस्ता मानिसहरुको सहभागिता हुँदा उनीहरु दंग पर्न थालेका छन् । सहभागी हुने मानिसको बिशेष हेरचाह हुन्छ । स्याबासी पाउन थालेका छन् । यस्ता मानिसहरू आई दिने ,रमाइलो गर्ने र खाई दिने र चल दिने भएता पनि उ त्यो संघ/संस्थाको भरपर्दो मानिस ठानिन्छ । संघ/संस्थाआमा नलागेको तर कार्यक्रममा पुग्न ईच्छा गर्ने मानिसको निकै भाउ बढ्दो छ किनभने मानिसको सहभागिता उधो लाग्न थालेको छ । यस्ता मानिस अचेल पाउनु निकै दुर्लभ हुन् थालेको छ ।

अमेरिकाका बिशेष गरि महानगर शहरहरुमा मानिसहरुको किन सहभागितामा ह्रास आउदै छ त ? किनभने जाँदा जाँदा- एक दिन हैन ,दुई दिन हैन ,चार दिन हैन ? ३ सय ६५ दिन नै जानु पर्ला जस्तो अवस्था आई सकेको छ । मानिसको व्यक्तिगत निजि जीवन नै छैन जस्तो पनि आयोजकले गर्न थालेका छन् । मानिसले आई दिनु पर्ने । सहभागिता जनाउनु पर्ने । एउटा संस्था कै बर्षमा ८-१० वटा कार्यक्रममा जानु पर्ने जस्तो अवस्था पनि आई पर्दो छ । मानिस भए भरका संस्थामा सहभागिता हुन् मात्र थाल्यो भने उसले आफ्ना लागि केही गर्न पाउदैन ।

केवल समुदायको लागी मात्र दिनु पर्छ । अमेरिकामा यस्तो हुदैन । मानिस समाज सेवी मात्र हुन् सक्दैनन । नेपालमा जस्तो समाज सेवी र राजनीतिमा लागे जस्तो अमेरिकामा चल्दैन । समुदायले आयोजना अरेका कार्यक्रममा सहभागितामा शिथिलता प्रष्ट देखिन थालेको छ । मानिस जाँदा जाँदा थकित भएका छन् । अब गएर नै साध्य नहुने छाट देखिन थालेको छ ।

अमेरिकामा ५ दिन अर्थात् सोमबार देखि शुक्रबार सम्म काम गर्ने मानिसलाई आफ्नो निजी व्यक्तिगत काम छोडेर जान अब कठिन भएको छ । पहिला पहिला महिना दिनमा एक पटक हुने र चाड पर्वमा आयोजना हुने कार्यक्रम शनिबार र आइतबार एकै शहरमा कार्यक्रम माथि कार्यक्रम थुप्रिने गर्छ । एक्लो मानिसले के गरोस । कहाँ कहाँ जाओस । यता गए उता रिसाउने । उता गए यता रिसाउने समाज छ । शनिबार र आइतबार हप्तामा एक पटक मात्र आउने हुनाले सहभागी हुने मानिस निकै संकटमा परेका छन् । नगए साथीभाई रिसाउछ्न भने पनि समुदाय सदस्यहरु छन् । नगई नहुने ठाउमा जाने पनि गर्छन तर अब मानिस गले । कहिले नसकिने यात्रा भएकोले मानिस छड़किन थालेका छन् ।

दुई दशक या एक दशक सम्म पनि मानिस समुदायका कार्यक्रममा आयोजकलाई हौशला दिन जान्थे । यसरी ४ दशक ३ दशक अगाडी अमेरिका आउनेहरुमा मेल्ति हुन्थ्यो । टाडा टाडा बाट पनि मानिस धाएर सामुदायिक कार्यक्रममा पुग्थे । नेतृत्व लिने मानिस नै हुदैन थिए । अर्थात् सर्वसम्मति बाट चयन गरिने चलन थियो ।

उतिखेर शुद्ध मनले संघ/संस्थामा मानिस लाग्दथे । अचेल संघ/संस्थामा स्वार्थको लागि नेतृत्वको लागि मानिस लाग्दछन । अब एक आपसमा मेल्ति हुदैन । संघ/संस्था बीच प्रतिस्प्रद्धा हुन्छ । एक आपसमा रिस र दुस्मनी हुने गर्छ ।

भर्खर जन्मेका संघ/संस्थाले उदाहरणीय काम गर्छन । तर पुराना संस्थाहरु काम गर्दा गर्दा सेलाउन थालेका छन् । मानिस जान छोडेका छन् । अमेरिकामा सन् २००० देखि बिज गणतीय रुपमा जन घनत्व बढेको छ । जही तही नेपाली नै नेपालीहरु भेटिन्छन । समुदाय बढे पछि संघ/संस्था खुल्ने क्रम बढ्दो छ तर समुदायको सहभागिता न्यून हुदै गइ रहेको छ । मानिसलाई वाक्क दिक्क लाग्न थालेको छ ।

तर पनि हरेक संघ/सस्थाका कार्यक्रममा पुग्ने मानिस पातलिदै छन् । यस्तो अवस्था भएता पनि केही मानिस कार्यक्रममा सहभागिता जनाउन खुसि मान्दछन । यस्ता मानिस जाने गर्छन । हत्तपत्त कुनै पनि कार्यक्रम नछोड्ने समुदाय सदस्यको सबैको प्रिय हुन्छन । किनभने आफ्ना समिति सदस्यहरु बाहेक यस्ता हरेक गतिविधिमा रमाउने मानिस पुग्दा कार्यक्रम कै गरिमा बढेको अनुभूति आयोजक गर्दछन ।

कार्यक्रममा सहभागिता हुनेको मान ठूला पदमा भएको भन्दा ज्यादा हुने हुन्छ । पढे लेखेको भन्दा यस्ता कार्यक्रममा समय मिलाएर पुगेका व्यक्तिका निकै गुनगान हुन्छ । किनभने उ ठुलो मान्छे भएर के काम ? खै त् कार्यक्रममा आएको भन्ने लाग्दछ ? शिष्टचार साथ र समय व्यवस्थापन गरि समुदायमा पुग्ने मानिस कै अचेल अमेरिकम माँग बढ्न थालेको छ । उनीहरु नै सबैका आँखाका तारा हुन् ।

यस्ता मानिस अब बत्ति बालेर खोज्नु पर्ने भएको छ । नेपाल बाट भर्खर आएका मात्र ज्यादा भन्दा संघ/ संस्थाका कार्यक्रममा सहभागिता जनाउन चाहन्छन । गदगद भएर सामुदायिक कार्यक्रममा पुग्ने गर्छन । समय बढ्दो क्रम संगै उनीहरु पनि पातलिदै जाने गर्छन । कार्यक्रममा जाँदै नजाने भन्दा यस्ता सहभागिहरुलाई उत्प्रेरणा र हौसला गर्न अमेरिकाका संघ/संस्थाले पाठ सिकोस ।

Leave a Reply

Your email address will not be published.