सचिन रौनियारको ‘ए मान्छे’ मार्फत १२ वर्षपछि भव्य पुनरागमन (भिड़ियो सहित)

‘ढिलो होस् तर राम्रो होस्’ भन्ने मान्यतालाई चरितार्थ पार्दै चर्चित पुराना पप गायक सचिन रौनियारले १२ वर्ष पछि धमाकेदार ‘कम्ब्याक’ गरेका छन्। मान्छे-मान्छे बिचको द्वन्द र खिचातानी व्यर्थैको हो भन्ने सन्देश बोकेको ‘ए मान्छे’ बोलको गीत गाएर एनालग युगका स्टार गायक सचिनले डिजिटल युगमा पदार्पण गरेका हुन्। यो गीत संगै आफ्नो १२ वर्षे ‘सांगीतिक रिसर्च’ को समय अन्त्य भएको र अब संगीत जगतमा फेरी निरन्तर लागिपर्ने इच्छा गायक रौनियारले व्यक्त गरेका छन्।

कोपन्हेगन, डेनमार्क निवासी प्रकाश सापकोटाको शब्द रचना रहेको गीतमा जितेन लेप्चाले संगीत दिएका छन्। रचनाकार प्रकाश सापकोटा डेनमार्क नेपाल डट नेटका सम्पादक समेत हुनुहुन्छ।

गत बिहिबार काठमाडौँमा चर्चित गायक, कलाकार, प्रबुद्ध व्यक्तित्वहरु र पत्रकारहरुको बाक्लो उपस्थितिमा सो गीतको म्युजिक भिडियो सार्वजनिक गरियो।

सुब्रत राज आचार्यद्वारा निर्देशित म्युजिक भिडियोमा आकर्षक दृश्यहरु समेटिएका छन् भने विभिन्न महत्वका झाकीहरुलाई निकै आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । बिबिधतामा एकता ल्याउन संदेशमुलक शब्द रहेको उक्त्त म्युजिक भिडियोलाइ उत्सब ढकाल र बिजय बस्नेतले छायांकन गरेका हुन् भने भरत रेग्मीले भिडियो सम्पादन तथा कलर गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियोमा सचिनसँगै संजय श्रेष्ठ , बबिन प्रधान, भिम तुलाधर देखिएका छन् भने ठुलो संख्यामा कलाकारहरुको नृत्य र अभिनय समेटिएको छ। भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफ गरेका छन् भने यसलाई उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन् । यसमा सम्पादन , भीएफएक्स र डीआइ भरत रेग्मीको रहेको छ ।

ओएस आर डिजीटलको  यूट्युब च्यानलमा उपलब्ध भिडियोले सार्वजनिक गरिएको छोटो समयमा नै चर्चा बटुलिरहेको छ।

भिडियो हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published.