श्री ७ गणतन्त्रेश्वरि महारानी ज्यू,

बिजय ज्ञवाली

महामाहिम राष्ट्रपति,

  कुनैबेला स्वर्गिय जननेता मदन भण्डारी काठमाण्डौको सडकमा साईकलमा चढेर आफ्ना सुवेच्छुक एवं सहकर्मी भेट्दै गर्दाको धुमिल तस्विर सामाजिक संजालमा आजभोली अलिक बढि नै चर्चामा आएको छ, जुनवेला उनै नेताकी धर्मपत्नी यानकी यो कंगाल मुलुककी दोस्री मात्र नभएर तेस्री माहामाहिम राष्ट्रपति विद्यादेवी भण्डारीको कार चढ्ने शौंखको खातिर सरकारले वलिदानस्वरुप समर्पण गरेको ४ करोडले नपुगेर अर्को १४ करोडको बलिदानी, मुश्लीम भाषामा भन्नुपर्दा दोस्री/तेस्री राष्ट्रपतिको कार चढ्ने सौंखकै लागि सरकारले अर्को १४ करोडको `हलाल´ गर्दैछ रे !

  महामाहिम राष्ट्रपति,

  तल तस्विरमा देखाईएको तस्विर कुनै रुवाण्डाको होईन, हाम्रै विकट जिल्ला जुम्लाको हो। सायद पहिलो र दोस्रो तस्विरले तेस्रो तस्विरलाई गिज्याईरहेको होला या त्यो कुपोषण, अभाव र अभागी तस्विरले दोस्रो र तेस्रो तस्विरलाई पो गिज्याईरहेको छ कि? म त के भनौं र? राष्ट्रको उच्च पदमा आसिन महिला राष्ट्रपतिले सोंच्ने कुरा न हो!  यौटा सन्तती आँखै अंघाढि घ्राण घ्राण हुन्छ त, सवैभन्दा पहिला आमालाई पोल्दछ र बल्ल बाऊलाई पोल्नेगर्दछ। महामाहिम,  तिमिले पनि त दुई/दुई सन्ततीलाई आफ्नै प्रसव पिडाले जन्म दिएकी हौ, धन्न मान्नुपर्दछ, तिम्रा सन्ततीले दूर्गममा अभाव, पीडा र वेदान्तमाझ जन्म लिन पुगेनन र तलको तेस्रो तस्विरको झैं हविगत भोग्नुपरेन। यदि तिमि जुम्ली र तिम्रा दूई सन्तती तेस्रो तस्विर्झैं तिम्रै आँखाले देख्नु, तिम्रै कर्मले भोग्नुपरेको भए आज यो राज्यकोषमा सामन्ती नोकरशाही दलालहरुवाट भैरहेको ब्रह्मलूट के तिमी टूलूटूलू हेरिरहन सक्थ्यौ र? तर माफ गरे महामाहिम, हामी राज्य सर्वस्व भएको हेर्न अभिशप्त छौं।

  मन छुस्स भयो कि भएन महामाहिम? तिम्रा सन्तती सकुशल पनि छन। तेस्रो तस्विरमा देखाईएकोझैं कुपोषणवाट ग्रस्त पनि छैनन। सायद तिम्रो फुलेका गालासंगै चरित्रमा पनि अहंमता छ र त तिमिलाई छुन्न र त म यसरि वौंतारिने पनि मूर्ख जो हुँ।

  महामाहिम, आजकल तिमिलाई गणतन्त्रेश्वरी महारानी पनि भन्ने गरेको सुनेको छु। सायद यस्तै हर्कतले गर्दा त होला तिमिलाई गणतन्त्रेश्वरी महारानी भनेको? तिम्रो सवार हुँदा काठमाण्डौका सडक मसानघाटमा परिणत हुनेमात्र होईन, एकदिनको तिम्रो सवारीकै कारण कयौंका जागिर चट भएका पनि छन। तिम्रै सवारीका कारण सयौंका मुखका बुझोहरु लुटिएका पनि छन, तिम्रै सवारीका कारण हजारौं मात्र होईन, लाखौं मानिस डिप्रेसनको सिकार भैराखेका छन, तिम्रै सवारीका कारण लाखौं नागरिकले आफ्नै भूमी थुक्क गरेर थुक्न मात्र होईन, तिम्रै सवारीका कारण लाखौं युवाहरुले देश छोड्न वाध्य पनि छन।

  यतिमात्र होईन गणतन्त्रेश्वरी महारानी, तिम्रै सवारी होईवक्सिदा कयौं एम्बुलेन्स जाममा परेर नजाने कतिजना विमारीले ज्यान गुमाए र कतिजना प्रसव पिडाले छटपटिएका महिलाले अकालमा ज्यान गुमाए। अनि कति आर्तनादहरु चीत्कार छोडे। यसको बारेमा तिमिलाई बाल मतलव गणतन्त्रेश्वरी महारानी ! किनकि तिमिलाई अब सुत्केरी व्याथाले चेंप्ने पनि छैन, तिमिलाई अव कसैको आर्तनाद पीडा सहनुपर्ने पनि छैन र सहनु पनि छैन। किनकी जननेता मदन भण्डारी कि धर्मपत्नी अब यस कंगाल देश कि महामाहिम गणतन्त्रेश्वरी महारानी देवीमा जो रुपान्तरित भैसकेकी छौ।

   महामाहिम गणतन्त्रश्वेरी देवी,

     तत्कालिन राजा चन्द्र शमशेरका छोरा कृष्ण शमशेर जवराले विदेशी अति विशिष्ट पाहुनाहरुको स्वागत सत्कारको लागी भनेर शितल निवासलाई सरकारको स्वामित्व हुनेगरि दानस्वरुप  हस्तान्तरण गरेका रहेछन। नजिकै रहेको प्रहरी प्रतिष्ठानमा हुने क्रियाकलापले महामाहिम गणतन्त्रेश्वरीलाई साह्रै ठूलो वाधा उत्पन्न पनि भएको रहेछ र महामाहिमकै ठाडो आदेशमा महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान जसले ७० वर्षभन्दा लामो ईतिहास बोकेर आएको छ, त्यसलाई काभ्रेको पनौतीमा सारिदिन हुकुम बक्सिएको पनि रहेछ। कूल २३४ रोपनीमा फैलिएको यस प्रतिष्ठानको जग्गामध्ये ४१ रोपनी जग्गा त हडपिईसकेको रहेछ र प्रतिष्ठानको बाँकी १९३ रोपनी जग्गा पनि हड्पेर महामाहिमलाई जिल्लाबाहिर आऊजाऊ गर्नको लागि हेलिप्याड बनाऊने गुरुयोजना यहाँकै अग्रसरतामा लिईएको रहेछ। विदेशवाट अति विशिष्ठ पाहुनाहरुलाई आजसम्म व्याधा नपुर्याएको प्रहरी प्रशिक्षण संस्थानले आज कंगाल मुलुक कि दोस्री/तेस्री ठूली गणतन्त्रेश्वरी महारानीलाई वाधा पुर्याऊनु ठूलै खेदको विषय मात्र नभएर हरिकंगाल जनताको रगत र पसिना तुन तुन पिऊने व्यभिचारी कुण्ठा पनि हो।

  जवानी मैं विधवा भएकि गणतन्त्रेश्वरि महारानी देवीका कोमल पाऊ भूँईमा नछोईयुन भनेर चिल्ला र चाप्लुसा गाडिवाट ओर्लन नपाऊंदै विचरा `प्याधा´ हरुले  पिर्कामाथी रातो मखममलको कपडासहित महारानीका सारीमुनी हाजिर भैजान्थे। अब त प्रतिष्ठान नैं सारेर भए पनि श्री ७/७ गणतन्त्रेश्वरी महारानीका चरणकमलले काष्ठमण्डपका कुनै पनि जमिन नटेकी सर्लक्क गगन चुमेर समर हेर्ने धोको पनि सायद पूरा हुन्छ होला त हामीजस्ता व्यभिचारीहरु पनि कुपोषणले ग्रस्त छोराछोरीलाई दाम्लोले निर्मम बाँधेर मरुभूमीजस्ता खेत र खलियानहरुवाट श्री ७/७ गणतन्त्रेश्वरी महारानीको जिऊँदो स्वप्नयात्रालाई चिरा चिरा परेका तिनै खलियानहरुवाट आँखालाई हातले सूर्जे छेक्ने दुस्साहस गर्दै चियाऊने छौं होला सायद।

  श्री ७/७ गणतन्त्रेश्वरी महारानी देवि जि,

  यो कंगाल देशको पित्त पनि पोलियो, तर तिमिहरुको चित्त कहिल्ल्यै दुखेन। यदि चित्त दुख्दो हो त यो देश कहिल्ल्यै पनि यसरि लूटको स्वर्ग बन्ने पनि थिएन। लूट, भ्रष्टाचार, बलात्कार, डकैत, अराजकता, व्यभिचार, कु-शासन कहाँबाट शुरु भाछ त भन्दाखेरी शितल निवाशवाटै शुरु भएको छ। शितलनिवास हुँदै सिंहदरवार, मन्त्रालय, संघिय संसद, प्रदेश सरकार हुँदै स्थानिय तहसम्म अब त लूट र वर्वादीको लागी नै महासंग्राम पो शुरु भएछ त! यतिविघ्न स्खलन गणतन्त्रको मन्त्र थिएन। धन्यवाद !!

  श्री श्री ७/७ गणतन्त्रेश्वरी महारानी ज्यू,

  विश्वका सवैभन्दा कंगाल देशहरु हाईटी, ईक्वेटोरियल गिनी, जिम्वावे, कंगो, दक्षिण अफ्रीकी महाद्विप स्वाजिल्याण्ड,  (जुन देशमा  विश्वमा सवैभन्दा बढी HIV/AIDS का संक्रमित पनि भेटिन्छन), इरित्रिया, मेडागास्कर ( जुन देशको प्रतिदिन आय १ डलर भन्दा पनि कम छ), बुरुण्डी, पश्चिम अफ्रीकि मुलुक सिएरा लियोन, र साओटोम पृन्सिन्पेका राष्ट्रप्रमूखको हैशियतभन्दा के ठूलो हुन्थ्यो र यदि १८ वर्षमाथीका पचासौं लाख युवायुवतीले खाडीको ५०/५५ डिग्रीको रापमा बालुवा नचालिदिएको भए। रेमिट्यान्सले धानेको अर्थतन्त्रमा आयातको आकार विकराल छ भने निर्यातको तस्विर निर्दयी छ। मासिक सवा खर्वको  व्यापारघाटा रहेको विभिन्न तथ्यांकहरुले देखाईरहंदा यता आन्तरिक एवं अन्तरिम आयको अवस्था भने नाजुक छ। चालू आर्थिक वर्षको कूल बजेट १३ खर्वमध्ये प्रशासनिक खर्चको लागि मात्रै भनेर ८.४५ खर्व छुट्ट्याईएको छ। कूल बजेटमा यतिधेरै रकम प्रशासनिक खर्चमा जानू भनेको मुलुककको प्रशासनिक व्यवस्थापनको लथालिंग र भद्रगोल अवस्थालाई जनाऊँदछ। यतिले मात्र नभएर कहिलेकाहिं विकाश बजेटको रकम पनि रकमान्तर गरेर प्रशासनिक खर्चमा खर्च गरेको देखिएको छ। यसहिसावले कंगाल देशमा यहाँलगायत यौटा वडासदस्यसम्मलाई राज्यले कति रकम खर्च गर्दोरहेछ र कति रकम विकाश, सामाजिक, स्वास्थ्य, आवासलगायतका क्षेत्रहरुमा खर्च गर्दोरहेछ भनेर कहिल्ल्यै हेक्का भयो त?

  श्री श्री श्री ७/७  गणतन्त्रेश्वरी महारानी देवी ज्यूको सवारीको लागी नै भए पनि  प्रहरि प्रतिष्ठान सार्न परे पनि सारियोस, यसमा महारानी देवी ज्यूलाई केही फरक पर्नेवाला छैन। आखिर फूपूको श्राद्ध न हो। १८/१८ करोड पर्ने गाडी पनि किनियोस, किनकी राज्यकोष उल्फाको धन न हो।

  मासिक रुपमा विकराल बन्दै गएको व्यापार घाटा, चरम प्रशासनिक खर्च, अनुत्पादित क्षेत्रमा बैंक तथा वित्तिय क्षेत्रको लगानीको ओईरो, लगभग शून्य उत्पादन, आयातको यो विकराल आँकडामाझ रेमिट्यान्सको यौटा दर्विलो पिलर पनि यदि डगमाऊनेछ भने मूलूक अवश्य  टाट पल्टिने छ। रेमिट्यान्सको दर्विलो खम्वाले धानेको धरासायी अर्थतन्त्रको छानोमाथी यौटी महारानी मात्र बुरुक्क बुरुक्क उफ्रेकी छैनन, हजारौं बादशाहहरु धरातल विर्सिएर धरमरो अर्थतन्त्ररुपी छानोमाथी नांगो नाच नाच्दैछन।

  १८ करोड मात्रै किन, १८ अर्व, खर्व त यो देशमा वर्षेनी शाषकवृत्तहरुवाट चलखेल हुने गरेको छ।

नयाँ नयाँ जोगीले खरानी बढी धस्दछ,
कंगाल देशका गाँढाहरुको चुरिफुरी गगन चुम्न खोज्छन,

हैशियत बिनै,
परजिवि किर्नाहरु,
रगत, पसिना र लाशको
कर्कशबाट
आज फेरि यौटी
गणतन्त्रेश्वरी महारानीको लागि किन्नुछ
१८ करोड बराबरका
बुलेटप्रूफ गाडिहरु।

Leave a Reply

Your email address will not be published.