डेन्मार्कमा मनाइयो नेपालको सम्विधान दिवस (भिडीयो सहित)

कोपन्हेगन-

नेपाली दूतावास डेनमार्कले कोपेनहेगनस्थित एशिया हाउसमा सांस्कृतिक कार्यक्रम सहितको रिसेप्सनको आयोजना गरी नेपालको राष्ट्रिय दिवस (संबिधान दिवस) मनायो ।

नेपाल र डेनमार्क दुवै देशका राष्ट्रिय गान बजाएर शुरु गरिएको कार्यक्रममा कोपेनहेगनस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरु, डेनमार्कको परराष्ट्र मन्त्रालय तथा विभिन्न निकायका उच्च पदस्थ पदाधिकारीहरु र नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साल दम्पत्तिका साथमा दुतावासका मिनिस्टर कन्सुलर डोरनाथ अर्यालले अागन्तुकहरूलाई हार्दिकता पुर्वक स्वागत गरिएको कार्यक्रममा डेन्मार्कस्थित अन्तरराष्ट्रिय नेपाली कला समाज (इनास)को नेतृत्वमा तीनवटा आकर्षक सांस्कृतिक प्रस्तुति दिइएको थियो।

कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले नेपालको संविधानले मानव अधिकार, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका जस्ता संसारका सर्वमान्य सिद्धान्तहरुलाई अंगिकार गरेको बताउनुभयो। संविधान सभाबाट जारी यो संविधान संसारकै लागि एक नमूना समेत भएको बताउंदै राजदुत लम्सालले ठेप्नुभायो- नेपाल आर्थिक र सामाजिक विकासतर्फ अघि बढेको अबस्थामा अब नेपालमा व्यापार र लगानी गर्न हिच्किचाउनु पर्दैन।

भिडीयो हेर्नुहोस्:

 

Leave a Reply

Your email address will not be published.