बेलाहोए क्लासिकले जित्यो पहिलो बिष्णु स्‍मृति भलीबल कप

डेनमार्कनेपालडटनेट सम्बाददाता / कोपन्हेगन –

यसै साता प्रबासी नेपाली एकता मन्च डेनमार्कद्वारा आयोजित पहिलो बिष्णु स्‍मृति भलीबल कपको उपाधी डेनमार्कको चिरपरिचित स्पोर्टस क्लब बेलाहोए क्लासिकले उचालेको छ।

जम्मा सातवटा पुरुष क्लबहरुलाई दुई समुहमा बिभाजन गरेर खेलाइएको उक्त प्रतियोगितामा बेलाहोए क्लासिक समुहले सेमिफाइनलमा गुरुङ समाजलाई जितेको थियो भने फाइनल खेलेको अर्को क्लब मगर समाजले सेमीफाइनलमा नेपाली ब्रोदर्सलाई हराएको थियो।

सेमिफाइनलमा मुख्य तथा साहयक रेफ्रीहरुबिच तालमेलको कारण खेल छोटो समय रोकिएजस्तो देखिए पनि समग्रमा प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न भएको बताइयो। प्रतियोगितामा ओडेन्सेबाट आएको चमेरो क्लबले पनि सबैको मन जितेको थियो भने  राम्रो प्रदर्शन गर्दा गर्दै राइनो क्लब लिग चरण बाटै बाहिरिएको थियो।

बिकास मैनालीको ब्यबस्थापन र कृष्ण केसीको कप्तानीमा उत्रिएको बेलाहोए क्लासिकले स्व बिष्णु पौडेलको विशेष अग्रसरता तथा तत्कालिन प्रबासी नेपाली मन्चको आयोजनामा सुरु गरिएको डेन्मार्क स्तरिय भलीबल प्रतियोगिताको पहिलो उपाधी समेत जितिसकेको उल्लेख छ।

प्रतियोगिताको इमर्जिङ खेलाडीको उपाधी बेलाहोए क्लासिककै सुबिस पौडेल जिते। स्व. बिष्णु पौडेलको छोरा सुबिसले पुरस्कार थापिरहँदा आमा जानकी पौडेल भाबुक बनिन ।

उक्त प्रतियोगितामा उत्कृष्ट स्पाइकरको उपाधी नेपाली ब्रदर्शका ह्यारी छेत्रीले जिते भने उत्कृष्ट सेटरको उपाधी मगर समाजका अनिल कार्कीको पोल्टामा पर्‍यो। मगर समाजका पुष्प महतो प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्न पुगे। सबैभन्दा अनुशासित टिमको उपाधी गुरुङ समाजले उचाल्यो।

सो भलिबल प्रतियोगिताका लागि प्रबासी नेपाली एकता मन्चको तर्फबाट संयोजक दिपक पाण्डेले बिदेशमा प्रतियोगिता सन्चालन गर्ने काम सहज नभए पनि सम्पूर्ण नेपालीहरुको माया, प्रेरणा र सद्भाबले यो सम्भब भएको बताए।

Leave a Reply

Your email address will not be published.