पाचौं जनसम्पर्क समिति फुटबल कप भव्य रुपमा सम्पन्न

जनसम्पर्क समिति डेनमार्कको आयोजनामा मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । डेनमार्कमा रहेका नेपालीबीच भएको ‘पाँचौं जनसम्पर्क कप’ फुटबल प्रतियोगिताको उपाधि युनिटी स्पोर्ट्स क्लबले उचालेको छ ।

डेनमार्कका लागि नेपाली राजदुत यूव नाथ लम्सालले उद्घाटन गरेको फुटबल प्रतियोगीतामा कुल ८ टिम सहभागी रहेका थिए । कोपनहेगनको बेल्लाहोए खेल मैदानमा सबै खेल सन्चालन भएका थिए । खेल उद्घाटन गर्दै राजदुत लम्सालले नेपाली नेपाली बीच आपसी भाइचारा को अभिवृद्धि गर्न यो जनसम्पर्क कपको आयोजनाबाट मद्धत पुगेको आफ़ुने अनुभव गरेको बताउनु भयो । यस्तै जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष विरेन्द्र सिंह कार्कीले यस खेल प्रतियोगीता जित हार आफ्नो ठाउँमा भए पनि खेलको माध्यम बाट आपसी भाइचारा वृद्धि गर्ने र नेपाली नेपाली बीच भेटघाट तथा खेलाडीको प्रतिभा देखाउने एउटा प्लेटफर्म भएको बताए ।

गत साता कोपनगेहनमा सम्पन्न प्रतियोगिताका सेमिफाइनल खेलहरु पनि निकै रोमाञ्चक थिए। राइनो नेपाल युथ क्लब र हिमालयन स्पोर्ट्स क्लबबीच खेल बीचको सेमिफाइनल खेल प्रतियोगिताकै रोमाञ्चक बन्न पुग्यो।

निर्धारित समयमा २-२ को बराबरी भएर अतिरिक्त समयमा पनि कुनै गोल भएन। अन्तत: पेनाल्टीमार्फत हिमालयन स्पोर्ट्सले राइनोलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। यसअघि एफसी युनिटीले एफसी गुरुङ समाजलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो।

राइनो नेपाल युथ क्लबले एफसी गुरुङ समाजलाई पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्‍यो । विगतको उत्कृष्ट टिम मानिएको बेल्लाहोए क्लासिक यस वर्ष भने लिग चरणमै बाहिरिन पुग्यो तर राइनो नेपालले आफूलाई अब्बल साबित गर्न सफल रह्यो ।

सर्वाधिक गोलकर्तासहित उत्कृष्ट खेलाडी पनि राइनोका जिन्दगी राइ नै बने। उनले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै ९ गोल गरे। जनसम्पर्क कपको इतिहासमै सर्बाधिक गोल गर्ने खेलाडीको रेकर्ड पनि राइले नै दर्जा गरेका छन्।

डेनमार्कका लागि नेपाली राजदूत यूव नाथ लम्सालले प्रतियोगिताको उद्घाटन गर्दै नेपालीनेपाली बीच आपसी भाइचाराको अभिवृद्धि गर्न यस्ता प्रतियोगिताहरुबाट मद्धत पुग्ने धारणा राखे। समितिका अध्यक्ष वीरेन्द्रसिंह कार्कीले जित हार आफ्नो ठाउँमा भए पनि खेलको माध्यमबाट प्रतिभा देखाउने एउटा प्लेटफर्म बनेको बताए ।

सम्पूर्ण खेलको संयोजन गरेका जनसम्पर्क समिति डेनमार्कका खेलकुद संयोजक श्रीधर सिलवालले खेल प्रतियोगीता सफल बनाउन सबैको योगदान महत्वपूर्ण हुने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान अद्यक्ष खिलानाथ दाहाल, नेपाल आदिवासी जनजाति महासंघ नेपालका निवर्तमान अध्यक्ष नागेन्द्रकुमार कुमाल तथा जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष कार्कीले संयुक्त रुपमा बिजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई मेडल शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको प्रतियोगितामा ८ टिमले भाग लिएका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published.