पाँचौ जेएसएस फूटबल प्रतियोगितामा ८ टिमको सहभागिता, कुन कुन टिम भिड्दै छन् ?

कोपनहेगन । यहि आउदो ४ र ५ अगस्ट २०१८ मा नेपाली जनसम्पर्क समिति,डेनमार्कले “पाँचौ जेएसएस फूटबल प्रतियोगिता २०१८ ” आयोजना गर्ने भएको छ । यसै सन्दर्भमा पाँचौ जेएसएस फूटबल प्रतियोगिता २०१८ को तयारी अन्तिम चरणमा पुगेको र ८ टिमले भाग लिने खेलकुद संयोजक तथा फुटबल प्रतियोगीताका संयोजक श्रीधर सिलवालले जानकारी दिएका छन् ।

बेल्लाहोएको खेल मैदानमा हुने प्रतियोगीताको लागि भाग लिने खेलाडीहरु अहिले अभ्यास खेलको लागि प्रत्येक दिन सोहि मैदानमा आउने गर्दछन । नेपालीहरु अहिले प्रत्येक दिनजसो अभ्यास खेल खेल्ने गर्दछन ।
अहिले कुन टिमले प्रतियोगीता जित्ला भनेर सबैको चासो रहेको छ । यसपालीको प्रतियोगीता राम्रा खेलाडीहरु सबैतिर छरिएर रहेकोले अलि बढी रोचक र प्रतिष्पर्धात्मक हुने देखिएको छ ।

जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष बिरेन्द्र सिंह कार्कीले अघिल्लो वर्ष भन्दा यो वर्षको प्रतियोगीता अझै बढी रोचक,भव्य र सभ्य हुनेमा आफुहरु विश्वस्त रहेको बताए ।

फूटबल प्रतियोगिता लाई थप मनोरन्जनात्मक बनाउन प्रतियोगिताको शुरुमा आयोजक कमिटि जनसम्पर्क समिति डेनमार्क ( जेएसएस ) VS एनआरएनए डेनमार्क(NRNA ) को शुरुवाती गेम हुने छ ।
त्यसैगरी समुदाय र यसको पहिचान आउने पिंडीमा पनि रहने र बाल -बालिका पनि रमाउने भएकोले बाल प्रतियोगिता पनि हुने भएको छ ।

कुन कुन टिम भिड्दै छन् ?

 

 

 

Leave a Reply

Your email address will not be published.