परदेशिएको आफ्नो मान्छेलाई घर बोलाउंदै गायिका अन्जु पन्त

हलो जोत्न खेतीमा आऊ न राजै आऊ
जिउमा तागत छँदैमा आऊ न राजै आऊ

अन्जु पन्तको नयाँ मर्मश्पर्शी गीतले बजार पिट्ने सुरसार गरेको छ। असारे मासमा गाउँमा हलो जोत्ने मान्छे नहुँदा खेतीपातीमा कस्तो असर पर्छ ? जिन्दगीमा आफ्नो सबैभन्दा नजिकको मान्छे आफुसंग नहुँदा त्यो भन्दा ठुलो असर पर्दो रहेछ। यो लाखौं परदेशी युवाहरुलाई कुरेर बसेका उनीहरुका ‘प्यारी’ लाई सोध्दा थाह हुन्छ। यहि परिवेश बोल्ने एउटा मर्मश्पर्शी गीतले अहिले बजार तताउँदै छ।

हलो जोत्न खेतीमा आऊ न राजै आऊ जिउमा तागत छँदैमा आऊ न राजै आऊ गायिका अन्जु पन्तले चालिस नकट्दै अथवा जिउको तागत नसकिंदैमा आफ्नो खेतबारीमा काम गर्न विदेशिएका युवाहरुलाई यस गीत मार्फत बोलाएकी छिन। हाल डेनमार्कमा बसिरहेका स्रष्टा प्रकाश सापकोटाको शब्द रहेको गीतमा जितेन लेप्चाले संगीत भरेका छन् भने परदेशी केटाको आवाज लेप्चा आफैंले भरेका छन्।

जल्दो बल्दो परिस्थिति, बिछोडको पिडा, बिछोडिएकाहरुको चाहना आदि उजागर गरिएको गीतमा युवकले बिदेशिन पर्नुको बाध्यता बताउँदा धेरैलाई आफ्नै कथा जस्तो लाग्छ। उता युवति दुख-कष्ट सहेर भए पनि संगै बस्न पाए हुन्थ्यो भन्छिन। मार्मिक गीत परिबन्धले देश छोडेर हिंड्न बाध्य लाखौँ युवाहरुको व्यथा ओकलेको गीतकार सापकोटा बताउँछन।

गीतका शब्दले मनमा चसक्क छोएपछि आफैंले संगीत भरेर अन्जु पन्तसंग गाइकन स्रोतामाझ ल्याउन जाँगर चलेको संगीतकार लेप्चा सुनाउँछन। फणिन्द्र राइले संगीत संयोजन गरेका छन्।

गीतको मर्म समेटेर भिडियो निर्देशक मिलन शंकरले आधुनिक गीतकी चर्चित मोडल सम्पदा बानियाँ सहितका कलाकार लिएर म्युजिक भिडियो बनाएका छन्। म्युजिक भिडियो हाइलाइटस नेपालले युट्युब मार्फत सार्वजनिक गरेको छ।

म्युजिक भिडियो यस्तो छ:

Leave a Reply

Your email address will not be published.