बिदेशिने युवा पिँढीको भबिष्य

  • सुमन थापा, डेन्मार्क

भबिष्य खोज्न बिदेशिएका अधिकांश युवा पिढी अन्धकारमा रुमल्लिएका छन् ।

बिदेशिने क्रम नेपालमा तिब्ररुपमा अगाडि बढिरहेको छ । गएको दशकमा परदेशिनेको तथ्यांक हेर्ने हो भने, बि.सं. २०१३ देखि २०१४ सम्ममा करिब ५२७,८१४ जना युवायुवतीहरु कामको खोजिमा विदेशिएका छन् (स्रोत) । यो संख्याले भारतमा काम खोज्न जाने र पढाईको शिलशिलामा अन्य मुलुकमा जाने दाजुभाइ तथा दिदिबहिनीहरुलाई समेट्दैन । हामीले यसैबाट अनुमान गर्न सक्छौ कि मातृभूमि छोडेर बिदेशिनेको संख्या धेरै ठूलो छ । काम गर्न सक्ने उमेरका युवायुवतीहरु देशबाट बाहिरिदा नेपाललाई पर्नजाने दिर्घकालिन असरहरु र फाईदाहरुको गहिरो अध्यन गर्ने नेपालसरकारको सम्बन्धित निकायको हो ।

खाडि मुलुकमा काम गर्ने दाजुभाई तथा दिदिबहिनिहरुको मेहेनतले नेपाल धानेको सत्यलाई स्वीकार्दै उहाँहरुप्रति नमन गर्न चहान्छु । आज लेखक खाडि मुलुकमा रहनुभएका दाजुभाईहरुको प्रसँगलाई छोडेर युरोप, अमेरिका र बिकसित मुलुकमा अध्यनको शिलशिलामा बिदेशिनु भएका साथीहरुको साँचो कथा लिएर प्रस्तुत भएको छ ।

लेखक स्वयम बिस्वबिधालयको शिक्षा हासिल गर्ने क्रममा आज भन्दा ९ बर्ष पहिले आफ्नो जन्मभूमी छाडेर युरोपको उत्तरी भेगमा पर्ने बिकसित मुलुक डेनमार्कमा प्रबेश गरेका थिए । उच्च शिक्षा हासिल गर्न मनभरी ठुला सपना बोकेर परदेशिएको यो परदेशिले आक्नो स्नातक र स्नाकोतर पढाई सकेपछि आफ्नो पढाई अनुसारको जागिर खोज्ने क्रममा करिब ४ बर्ष धेरै कम्पनीहरुमा आबेदन दिए । केहि युरोपियन देशहरुमा आक्नो रिर्सच पनि प्रस्तुत गर्ने अवसर पाए तर स्वयम डेनमार्कमा भने जागिरको अवसर पाउन सकेनन् । केहि औंलामा गन्न सकिने साथिहरुले आफ्नो अनुभब र योग्यताको आधारमा सिमित अवसर पाएका पनि छन् । ९ बर्षको अन्तरालमा यो लेखकले अधिकांश   युवा पिडितसँग घुलमिल हुने मौका पायो । देशको अस्थिर राजनिति, सामाजिक पक्ष र बिदेशिने सँस्कार बिकास भएको भन्दै अधिकांश युवायुवतीहरु उच्च शिक्षा हासिल गर्न बिदेशिने चलन गत ४–५ बर्ष देखि ह्वात्तै बढको छ । केहि उच्च बर्गका युवा युवतीहरु अमेरिका र अस्ट्रेलिया जान खोज्छन् र मध्यम बर्गका युरोप जान खोज्छन । अमेरिका र अस्ट्रेलियाको भिसा नलागे युरोप तिरको बाटो हेर्छन् । युरोपतिर पनि नहुने हो भने जापानतिर जान खोन्छन् । कृपया यो बिस्लेशण गलत हुन गयो भने माफ गर्नु होला ।

डेनमार्कको प्रसंगमा कुरा गर्नु पर्दा लेखक आफ्नो अनुभबहरु प्रस्तुत गर्न गइरहेको छ । डेनमार्कमा उच्च शिक्षा हासिल गर्न अधिकांश     बिधार्थिहरु आउने क्रम बिगत केहि बर्षदेखि बढिरहेको छ । डेनमार्कमा सजिलै भिसा लाग्ने भएर पनि होला ठूलो सपना बोकेर युरोपको बिस्वबिधालयबाट शिक्षा हासिल गर्न यहाँ आइपुग्छन् । त्यसैगरि ग्रीन कार्ड स्किममा स्विडेन, नर्वे, जर्मनी, युके र स्वयम नेपालबाट पनि उच्च शिक्षा हासिल गरेका अधिकांश नेपाली युवायुवतीहरु डेनमार्कमा छन् । भबिष्य खोज्दै बिदेशिएका युवायुवतीहरुको सँख्या देख्दा कतै आफ्नो मुलुक त रित्तिने होइन भन्ने चिन्ताले धेरैलाई सताएको छ । अर्काको मुलुकममा आफ्नो योग्यता अनुसारको जागिर पाउन पहाड फोरे जस्तै छ । लेखकलाई जानकारी भएसम्म आइटी पढेका ज्यादै न्युन साथीहरु मात्र आफ्नो योग्यता अनुसारको पेशामा छन् ।

बिशेष गरी डेनमार्कममा आफ्नै भाषा भएकाले पनि जागिर पाउन पनि निकै गारो छ । हामी अधिकांश     शिक्षित युवायुवतीहरु नचाहाँदानचाहँदै योग्यता अनुसारको काम नगरी जीवन धान्नको लागि अन्य पेशाहरुमा निर्भर छौं । यो त एउटा प्रतिनिधि उदाहारण मात्र हो । यस्तै उदाहरणहरु अन्य युरोपियन मुलुकहरुमा पनि प्रसस्त मात्रामा छन् । हामी भबिष्य खोज्न निस्किएका वायुवतीहरु समयक्रमसँगै पारिवारिक बन्धनमा बाँधिन्छौ । जीवन चक्र अगाडि बढ्ने क्रममा बालबच्चा पनि हुनथालेपछि परदेशमै जीवन भास्सिए जस्तो अनुभब धेरैको हुने गरेको छ । देशको अस्थिर राजनिति, पारिवारिक अव्स्था र अन्य सामाजिक पक्षहरुलाई कारण देखाउँदै लेखक जस्तै अधिकांश   युवायुवतीहरु परदेशमै रुमल्लीएका छन् । फर्केर जान आँट नआईहाल्ने र फर्किहाले पनि आफ्नो र आफ्नो बालबच्चाको शिक्षा, स्वास्थ्य र भबिष्य सुनिस्क्षित नहुने डरले युवायुवतीहरु के गर्ने र कसो गर्ने भनेर अलमलिएका छन् ।

वास्तबमै बिदेसी जीवन देखि वाक्क हुँदाहुँदै पनि बाध्य भएर परदेशमा अलमलिएका छौ । आफ्नो भबिष्य खोज्न निस्किएका हामीहरु अब झिनो आशा सहित हाम्रो नभएनि हाम्रा छोरा छोरीको भबिष्य बन्छ कि भनि यतै अलमलिएका छौं । हामीले हाँसिल गरेको शिक्षाबाट न देशले केहि पायो न नै आफ्नो भबिष्य बन्यो । यस्तै उदाहरणहरु कयौ परदेशिएका नेपाली शिक्षित युवायुवतीहरुको प्रसस्त मात्रामा भेट्न सकिन्छ । परदेशिने यो शृखला नरोकिने हो भने भोलिका दिनमा पनि थप नेपाली युवायुवतीहरु भबिष्य खोज्ने क्रममा आफ्नै जीवनमा अलमलिने छन् । नव युवायुवतीहरुले परदेशिनु अगाडि सोच्नु पर्ने बेला आइसकेको छ । भविष्यको खोजिमा फेरिपनि अन्धकारमा रुमल्लिन नपरोस् नेपाली शिक्षित युवायुवतीहरुले ।

यसको अर्थ यो पनि नलागोस् कि बिदेशिन नै हुँदैन । बिदेशमा आर्जन गरेको शिक्षा, सिप र अनुभब नेपालमा खर्चने हो भने नेपाल बिकासमा टेवा पुराउन सकिन्छ । बिदेश जानु अगाडि बिदेशमा पाउन सक्ने अवसर र कठिनाईको राम्रोसँग अध्यन गर्नुपर्दछ । अहिले त अझै नेपाल सरकारले ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखेर नेपालमा नै स्वरोजगारको बातावरण सिर्जना गर्न सक्ने बातावरण आएको छ, यसलाई पनि हामिले सोच्नु पर्दछ

(लेखकले खाधान्न शास्त्रमा स्नाकोतर गरेका छन् भने  उनी गैर अावासीय नेपाली सङ्घ, डेन्मार्कका महासचीव हुन् ।)

 

 

 

Leave a Reply

Your email address will not be published.