तेश्रो जसस ब्याडमिन्टन कप २०१८ प्रतियोगीता भव्यरुपमा सम्पन्न

जनसम्पर्क समिति डेनमार्कको आयोजनामा डेनमार्कमा नेपाली नेपाली हरुबीच सिंगल तथा डबल दुवै विधा तर्फको ब्याडमिन्टन प्रतियोगीता भव्यरुपमा सम्पन्न भएको छ ।

कोपनहेगनस्थित नअबोहेलेनमा इन्डोरको रुपमा खेल खेलाइएको थियो । ब्याडमिन्टन खेल प्रतियोगीतामा उल्लेख्य रुपमा प्रतियोगीहरुको सहभागीता रहेको र यो कार्यक्रम सबैको सामुहिक मेहनेतले भव्यरुपमा सफल भएको जनसम्पर्क समितिका खेलकुद विभाग संयोजक तथा सो प्रतियोगीताका खेल संयोजक श्रीधर सिलवालले बताए । दुइ दिन सम्म संचालन भएको खेल कार्यक्रममा खेल समापन संगै पुरस्कार वितरणको कार्यक्रम गरिएको थियो ।

नेपाली दुताबासका महामहिम राजदुत श्री युबनाथ लम्साल ज्यु को प्रमुख उपस्थितीमा जनसम्पर्क समिति डेनमार्कका संस्थापक अध्यक्ष ज्यु , भू.पु. अध्यक्ष ज्युहरु, कार्यसमितिका पधाधिकारी ज्युहरु र डेनमार्कका स्थित नेपाली संघ संस्थाका प्रतिनिधी ज्युहरुको सरोबरमा विजयी खेलाडीहरुलाई
नगद पुरस्कार, शिल्ड तथा प्रमाणपत्र वितरण गरियको थियो भने खेलमा सहभागी हुने सम्पूर्ण खेलाडीहरु , रेफ्री ज्युहरु, कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न प्रत्यक्ष रुपमा अहम भुमिका खेल्नेहरुलाई सबैलाई प्रशंशापत्र वितरण गरिएको थियो ।

पुरस्कार वितरण विभिन्न अतिथीहरुबाट गराइएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै महामहिम राजदुत श्री युबनाथ लम्साल ज्युले जनसम्पर्क समितिले नेपालीहरुको खेल विकासको लागि आयोजना गर्ने गरेको खेलकुद कार्यक्रम निकै प्रशंशायोग्य रहेको बताए ।

आपसी भाइचारा वृद्धि तथा नेपालीहरुक खेलकुद विकासका लागि ‘तेश्रो जसस ब्याडमिन्टन कप २०१८ ’ ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरिएको जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष विरेन्द्र सिंह कार्कीले बताए ।

जनसम्पर्क समिति डेनमार्कका संस्थापक अध्यक्ष नवीन पौडेलले कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न प्रत्यक्ष रुपमा अहम भुमिका खेल्ने सबैलाई बिशेष धन्यवाद दिए ।

तेश्रो जसस ब्याडमिन्टन कप २०१८ मा कोपनहेगन ग्रीन र हिमालयन स्पोर्ट्स क्लब तथा अन्य खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए। तेश्रो जसस ब्याडमिण्टन- २०१८ लाई खेलाडीहरुको खेल अनुभव र स्किलको आधारमा प्रतियोगीता मेन्स डबललाई A र B दुई समुहमा बिभाजन गरि खेल सम्पन्न गरिएको थियो ।

तेश्रो जसस ब्याडमिन्टन कप २०१८ को मेन्स सिंगल एबं समूह A को डबलको प्रतियोगितामा प्रथम उपाधि हिमालयन स्पोर्ट्स क्लबका खेलाडीहरुको पोल्टोमा पर्न सफल भएको छ । मेन्स सिंगल फाईनलमा हिमालयन क्लबका श्री दिपक अधिकारी ज्यु प्रथम हुन सफल हुनुभएको थियो भने समूह A मेन्स डबलमा पुनः हिमालयन क्लबका श्री दिपक आधिकारी र श्री बिरेन्द्र बिस्ट ज्युहरु प्रथम हुन सफल हुनुभएको थियो ।
तेस्तै समूह B को मेन्स डबलको प्रतिस्पर्धामा कोपेनहगेन ग्रीनका श्री हेम अर्याल ज्यु र श्री नबिन आचार्य ज्युको जोडीले प्रथम स्तान हासिल गर्न सफल हुनुभएको थियो ।

जनसम्पर्क समिति डेनमार्कले हरेक वर्ष नेपाली समुदायमा विभिन्न खेल कार्यक्रम संचालन गर्दै आइरहेको जनसम्पर्क समितिका महामन्त्री यादव बस्नेतले कार्यक्रमको संचालन गर्दै यस्तो कार्यक्रम भविष्यमा पनि निरन्तरता दिने बताए ।

 

2 Comments on “तेश्रो जसस ब्याडमिन्टन कप २०१८ प्रतियोगीता भव्यरुपमा सम्पन्न”

  1. Продам Крем купить Мазь для лечения псориаза http://1541.ru/cms/psoriaz.php дермита, нейродермита, экземы, грибка и др. Цена 14-17 usd. Есть Cкидка 20% Whatsapp/ Viber +380976131437 Skype evg7773

Leave a Reply

Your email address will not be published.