तेश्रो जसस ब्याडमिण्टन कप २०१८

डेनमार्क, नेपाली जनसम्पर्क समिति डेनमार्कले बिगत ४ बर्ष देखी नेपालीहरू बिचको भाईचार तथा व्यक्तिगत शारिरिक ब्यायमका लागी फुट्बल, ब्याटमिन्टन खेल गराउदै आउने क्रमलाई निरन्तरता दिदै यस वर्ष पनि ब्याडमिन्टन प्रतोयोगीता गर्ने भएको छ ।

खेलकुदको माध्यमबाट विदेशमा भएका नेपालीहरुको आपासी भाइचारा बृद्धी गर्ने उद्धेश्यले यहि आँउदो मार्च १७ र १८ मार्च २०१८ (शनिबार र आइतबार ) नर्रेब्रो हेलेनमा तेश्रो जसस ब्याडमिण्टन कप २०१८ आयोजना हुने नेपाली जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष विरेन्द्र सिंह कार्कीले बताए ।

सहभागीहरुले नाम दर्ता गरि सकेका र विगतको वर्ष भन्दा यो पटक खेल कार्यक्रम बढी रोचक हुने खेलकुद संयोजक श्रीधर सिलवालले जानकारी दिए ।

यसैगरी नेपाली जनसम्पर्क समिति डेनमार्कका महामन्त्री यादव बस्नेतले जानकारी दिए अनुसार यहि आउदो मार्च ४ गते आइतबार टाइसिट बनाइने हुदा सबै खेलाडीहरुलाई दिनको ११:३० बजे नरेब्रो हेलेनमा उपस्थित हुन अनुरोध गरिएको छ ।

दर्ता भएका खेलाडीहरुको बिबरण यसप्रकार रहेको छ:
ग्रुप “A ” Double तर्फ़

१) ओम बिक्रम राना & मुनिन्द्र नेपाली
२) नित्यानन्द तिमिल्सिना &बिजु ठकुरी
३) राजमान महर्जन & होम घले
४) खेम बहादुर अधिकारी & सन्तोष श्रेष्ठ
५) कमल गुरुङ & लोकेश शाह
६) तारणी प्रसाद जोशी & योगेश जोशी
७) दिपक अधिकारी & बिरेन्द्र बिष्ट
८) कबिर छन्त्याल & रबिन राना

ग्रुप “B ” Double तर्फ़

१) नबिन आचार्य & हेम अर्याल
२) रेशम ढकाल & समीर बस्नेत
३) मुक्ति राम चापागाईं & यम लाल सुबेदी
४) पवन अधिकारी & बिरेन्द्र सिंग कार्की
५) शशि श्रेष्ठ & दिब्य राज महर्जन
६) राजेन्द्र पौडेल & कृष्ण गिरी
७) दिपक कुमार तिवारी & लक्ष्मन तिमिल्सिना
८) सुवाशिस ओझा &कृष्ण चन्द
९) विजय गुरुङ &निरज श्रेष्ठ
१०) विजय अधिकारी & बिशाल शेर्पा

Single तर्फ़:

१) राजेन्द्र पौडेल
२) ओम बिक्रम राना
३) राजमान महर्जन
४) कमल गुरुङ
५) दिपक अधिकारी
६) तारणी प्रसाद जोशी
७) योगेश जोशी
८) रबिन राना
९) बिरेन्द्र बिष्ट
१०) होम घले

बेला बेलामा हुने यस्ता कार्यक्रमले नेपालीहरुका माझ भेटघाट हुने ,आपसी सदभाव बृद्धी हुने र साथै व्यस्त जीवनबाट केहि समय भए पनि मनोरन्जन समेत हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published.